अब के बेच्लान ? एक पटक हामी सबैले मनन गरौ न त ? 

नेपाल आजसम्म कुनै पनि मुलुकको अधिनमा नरहेकोले हामी सबै नेपालीलाई गर्व लाग्छ। र भविष्यमा पनि नरहने हामी विश्वास गरौ। पाँचौं शताब्दी ईस्वी सम्मको लिखित अभिलेखहरूको बावजुद नेपालको उत्पत्ति रहस्य नै रहेको छ। कसरी नेपाल राज्य बन्यो,त्यो आज सम्म रहस्य रहेता पनि “नेपाल” भन्ने शब्द बारे पनि इतिहासमा विभिन्न प्रकारले व्याख्या गरिएको छ।  

       नेपाल शब्दको व्युत्पत्ति विभिन्न सिद्धान्तबाट अर्थयाएको छ :-

      १.  उत्तरी नेपालका अधिकांश बासिन्दाहरू तिब्बतबाट आएका थिए, जहाँ उनीहरूले भेडा चराउने र ऊन उत्पादन गर्ने गर्थे। तिब्बतीमा ने को अर्थ “ऊन” र पाल को अर्थ “घर” हो। यसरी नेपाल “ऊनको घर” हो। काठमाण्डौ उपत्यकाका नेवारहरूले आफ्नो मातृभूमि नेपाल राखेका छन्, जसको अर्थ “नेपा” बाट आएको हो, जसको अर्थ “मध्य क्षेत्रको देश” हो, जसले हिमालयको केन्द्रीय स्थानलाई हाइलाइट गर्दछ।

२. लेप्चा जातिले नेपाललाई “पवित्र वा पवित्र गुफा” सँग जोडेको एउटा लोकप्रिय सिद्धान्त हो।

३. हिन्दू पौराणिक कथाहरू अनुसार, नेपालले यसको नाम ने नामक एक प्राचीन हिन्दू ऋषिबाट प्राप्त गरेको हो, जसलाई विभिन्न रूपमा ने मुनि वा नेमी भनिन्छ।

४. बौद्ध पौराणिक कथा अनुसार, देवता मञ्जुश्रीले नागदह (काठमाडौं उपत्यका भरिएको मानिने पौराणिक ताल) बाट पानी निकालेकी थिइन्। उपत्यका बसोबास योग्य बन्यो, भुक्तमानले गाई-गोठालाको शासन गर्यो, जसले “ने” नामक ऋषिको सल्लाह लिए। पालाको अर्थ “रक्षक” वा “हेर्दै” हो, त्यसैले नेपालले स्थानको हेरचाह गर्ने ऋषिको नामलाई प्रतिबिम्बित गर्यो। 

        पहिला पहिला गाउँबाट मानिसहरु पलायन भएर देश भित्रकै विभिन्न साना ठुला शहरहरुमा बसाई सराई गर्थे। किनकी गाउँमा सरकारले जनतालाई चाहिने सामान्य सुविधा पनि उपलब्ध गराउन सकेको छैन। जसका कारण गाउँका जनता कसरी हुन्छ आफ्ना लागी रोजगारको साथै आफु र आफ्ना परिवारका लागी स्वास्थ्य,शिक्षा र खानेपानी कसरी बन्दोबस्त गर्न सकिन्छ भनेर रातदिन संघर्ष गरि रहेका छन। 

       जुन आशाले गाउँका जनता शहर पसेका थिए। त्यो उनीहरुको आशामा पनि अहिले तुषारापात लागेको छ। शहरले केही भए पनि रोजगारी दिएको थियो,त्यो पनि खोसिएको छ। किनकी शहर नै अहिले आर्थिकरुपले संकटको भुमरीमा अल्झेको छ। शहरबाट पनि दिन प्रतिदिन मानिसहरु विदेश पलायन भएका छन्। विशेष गरेर युवा शक्ति नै पलायन भए पछि अहिले देशमा झन् आर्को सङ्कट थपिदै गएको छ। 

       जुन देशले युवाहरुलाई देशभित्र रोजगार दिन सक्दैन त्यो देश कहिल्यै विकास गर्न सक्दैन। हिजोसम्म नेपालबाट अदक्ष युवाहरु मात्र देश बाहिर रोजगारीका लागी जाने गदर्थे,अहिले दक्ष र शिक्षित युवाहरुले नै विदेश हिडे पछि झन् झन् देशले आर्थिक मात्र नभएर अन्य विभिन्न प्रकारको सङ्कट दैनिक सामना गरि रहेको छ। युवा देशको प्रगतिका लागि नभई नहुने जमात हुन्। जब जब देशलाई सङ्कट पर्छ। त्यतिखेर देशका युवा नै हुन्,आफ्नो देशमा आई पर्ने हरेक सङ्कटका अगाडी ढाल बनेर उभिने। 

      तर देश हाक्ने नेतृत्वले कहिल्यै यी कुराहरुको मनन गरेनन। देशलाई प्रगति र विकास गर्न विशेष गरेर युवाहरुलाई देशमै रोकी राख्न आजसम्म बनेको कुनै पनि सरकारले न बहस गर्यो,न पहल नै गरेको देखिन्छ। एउटा युवाले रोजगारीका लागी आफ्नो देश छोडी जाँदा उसको कमीको महसुस पहिला उसको श्रीमतीले अनि उसको परिवारले गर्छ,त्यसपछि उसको गाउँ ले गर्छ। तर सत्ता हाक्ने नेतृत्वले कहिल्यै कमी देशमा युवाहरुको महसुस गरेनन ।अहिले त झन युवाहरु मात्र होइन देशलाई केही योगदान गर्छु भन्ने उधोगपति र व्यवसायीहरुले देश छाड्ने विचार गर्न थालेका छन्। 

       नेपालमा सिद्धान्त बिहिन राजनीतिले गर्दा नै बेथिति मौलाएको छ। यति धेरै बेथिति मौलाएको छ कि अब सुधार गर्छु भन्ने आँट कसैले गर्न सक्दैन। त्यसैको फाइदा बारम्बार भ्रष्ट नेताहरुले उठाई रहेका छन। देशमा दैनिक आर्थिक समस्या बढी रहदा पनि सरकार परिवर्तन खेलमा जनताको मेनडेट पाएका भनाउदाहरु जनताका हजारौ समस्यालाई लात मार्दै  मस्ती गरि रहेका छन्। जनताका लागी भन्दै जति सरकार परिवर्तन गरे पनि,उहीं तीनचार जनाले कुर्सी दौडमा भाग लिएको र सिधा साधा जनतालाई मिडिया मार्फत देखाउदै भागबन्डामा लुट मच्चाई रहेका छन्। 

        देश र जनताका लागी भन्ने तर उहीं आफ्ना नातागोतालाई पालै पालो लाभको पदमा पुर्याउने खेल खेली रहेका छन। जनताको समस्या के छ भन्ने थाहा हुदा पनि उहीं आफ्नो झोला भर्ने भ्रष्ट कार्य बाहेक अरु यिनले सोचेका पनि छैनन्। तर पनि अब देश विकासको कुरा,आर्थिक समृद्धिको कुरा गरौ भन्दै सदनको रोस्टममा उभिएर चिच्चाउछन। संगै हुदा सबैथोक जायज,अलग हुदा सबैथोक नाजायज ! यसरी नेपाली जनतालाई बारम्बार झुक्काउने कार्य गरि रहेका छन। तर यता जनता भने अब त होला,अब त गर्लान भन्दै आशै आशमा आफ्ना कष्टकर जीवनयापन गरि रहेका छन्। 

       जनतालाई अधिकार दिन सकेनन तर सुख त देऊ। त्यो पनि दिन खोज्दैनन्। हुन् त अब यिनका दिन छिट्टै सकिने बेला आउदै छ। किनकी यिनीहरुले पहिला नदीनाला देखाएर सबै बेची सके,अब विश्वलाई सागरमाथा र लुम्बिनी देखाएर बेच्दै छन्। त्यो पनि अब लगभग बेची सकेका छन्। विभिन्न निर्णय गर्दै महत्वपूर्ण रहेको लुम्बिनी क्षेत्र भित्रको जग्गा विदेशीलाई बेचे सरह निर्माण गर्न अनुमति दिएका छन्। जसमा भगवान बुद्धको ज्ञान र आस्था  भन्दा पनि कंक्रिटको जंगल खडा गर्ने एउटा होडबाजी नै चलेको छ। जसको कारण लुम्बिनीको महत्व भविष्यमा घट्न सक्ने अवस्था रहन सक्छ। 

      त्यसै गरी विश्वमा भई रहेको जलवायु परिवर्तनले गर्दा सागरमाथामा भै रहेको असरले विश्वको अग्लो चुचुरो पनि हराउने निश्चित छ। त्यसको साथै विभिन्न कारणले सागरमाथा क्षेत्रमा हुने दुर्घटनाले शेर्पा समुदायहरुमा पवार्तारोही कार्यमा रुचि घट्दै गएको एउटा रिपोर्टमा देखाईएको छ। अनि सरकारले हिमाली क्षेत्रका जनतालाई दिनु पर्ने सामान्य सुविधा पनि उपलब्ध नगराउदा,त्यस भेगका केटाकेटी पढ्नका लागी ठुला शहर र अन्य देशमा अभिभावकहरुले पठाउन थाले पछि हिमाली भेगमा युवाहरुको उपस्थिति न्यून भएको छ। जसका कारण भविष्यमा हिमाल चड्न शेर्पा युवाहरुको खडेरी लाग्ने छ। 

        नदि बेचेर सके,हिमालमा जलवायु परिवर्तनको असर,हिमाल चड्ने युवाहरुको कमी,लुम्बिनीमा बन र ज्ञान भन्दा  भवन बढी भए पछि अब नेताहरुले बेच्ने भनेको नेपाली युवाहरु नै हुन्। अब युवाहरु पनि लगभग बेचेर सक्दै छन्। अब के बेच्लान ? एक पटक हामी सबैले मनन गरौ न त ? 

spot_img
spot_img