Buddha Enlightenment Bicycle Tour-2024

                                                     ( बुद्ध ज्ञान साइकल यात्रा – २०८० ) 

“यदि केहि गर्न लायक छ भने,आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्।” –  बुद्ध 

बुद्धले बताउनुभयो कि हाम्रा सबै समस्या र दुःख मनको भ्रमित र नकारात्मक अवस्थाबाट उत्पन्न हुन्छन्, र हाम्रा सबै सुख र सौभाग्यहरू मनको शान्तिपूर्ण र सकारात्मक अवस्थाबाट उत्पन्न हुन्छन्।

    उनले क्रोध, ईर्ष्या र अज्ञानता जस्ता दिमागलाई बिस्तारै परास्त गर्ने र प्रेम, करुणा र बुद्धि जस्ता सकारात्मक दिमागहरू विकास गर्ने तरिकाहरू सिकाए। यसबाट हामीले दिगो शान्ति र सुखको अनुभूति गर्नेछौं।

          सिद्धार्थ गौतम नेपालको शाक्य कुलको शाही परिवारमा उनको जन्म भएको थियो। उनको आमा मायादेवी आफ्नो माईत कोलिय राज्यको देवदह जानेक्रममा सिद्धार्थ गौतमको जन्म बाटोमा पर्ने लुम्बिनी बगैचामा भएको थियो। तिलौराकोटमा आफ्नो २९ वर्षको उमेर सम्म उनले आफ्नो संसारिक जीवन व्यतित गरेर विविध कारणले ज्ञानको खोजी गर्न राजकुमार सिद्धार्थ गौतमले आफ्नो धर्मपत्नी यशोधरा,छोरा राहुल र दरबार त्याग गरेर हिडेका थिए। 

          विभिन्न स्थानको भ्रमण गरि आफ्नो मनको विचारलाई पुष्टि गर्न तपस्या,ध्यान,अध्ययन गरे पछि बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए। विशेष गरेर लुम्बिनी प्रदेशको कपिलवस्तु,रुपन्देही र नवलपरासी जिल्लामा भगवान बुद्धसंग सम्बन्धित धेरै स्थानहरु छन्। जुन स्थानहरुको खोज अध्ययन र उत्खनन गर्न बाकी नै छ,तर पनि लुम्बिनी बाहेकका स्थानहरुमा प्राय आन्तरिक तथा बहिर्य पर्यटकहरु पुग्न सकेका छैनन्। साथै तिनै तहका सरकार र लुम्बिनी विकास कोषले पनि ति महत्वपूर्ण धार्मिक स्थलहरुको प्रचार-प्रसारका लागी त्यति पहल गरेको देखिदैन। जसको कारण ति स्थानहरु एकप्रकारले ओझेलमा परिरहेका छन्। 

       ति ओझेलमा परेका सिद्धार्थ गौतम बुद्धको जीवनीसंग सम्बन्धित क्षेत्रको प्रचार प्रसार र आन्तरिक र बाहिर्य पर्यटकहरुलाई अझ आकर्षित गर्न साईकलको माध्यमबाट साईकल सिटी भैरहवाले २०८० साल देखि निरन्तर आयोजना गर्ने गरी “शान्तिको लागि सवारी” ( RIDE TO PEACE ) भन्ने मूल नारा रहेको  ” बुद्ध ज्ञान साईकल यात्रा – २०८० ( Buddha Enlightenment Bicycle Tour-2024 ) को आयोजना गर्न लागी रहेको छ। यो साईकल यात्राले बुद्धसंग सम्बन्धित स्थान मात्र नभई अन्य क्षेत्रको पनि प्रचार-प्रसारको साथै समुदायको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने उदेश्य रहेको छ। 

        भगवान बुद्धको जन्म लुम्बिनीमा भएको सबैलाई थाहा नै छ तर उनको बाल्यकाल बितेको तिलौराकोट दरबार,उनको मामाको घर देवदह,भवानीपुर,साथै अहिले बुद्धको जीवनसँग जोडिएको अर्को स्थान पण्डितपुर उत्खननको क्रममा छ। त्यस्तै कुदान जहाँ सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि आफ्ना बुवा शुद्धोधन र छोरा राहुलसंग पहिलो पटक भेट गरेको स्थान हो। सग्रहवा जहाँ ५० हजार शाक्य वंशहरुको नाश गरिएको थियो। गोटीहवा क्रकुछन्द बुद्धको जन्मस्थलको रुपमा पहिचान भएको छ। निग्लिहवा कनकमणि बुद्धको जन्म स्थल रहेको छ।  

      यी स्थानको संगसंगै साईकल यात्राको क्रममा मानव निर्मित नेपालको सबैभन्दा ठुलो ताल जगदीशपुर ताल,(तौलिहवा नगरपालिका),गैडाहवा ताल,(गैडाहवा गापा),रामग्राम नगरपालिका,देवदह नगरपालिका,तिलोतामा नगरपालिका,शुद्धोधन गापा,कन्चन गापा,बाणगंगा नगरपालिका,लुम्बिनी संस्कृति नगरपालिका हुदै सिद्धार्थनगरको भ्रमण र अवलोकन गरिने छ। साथै यात्रामा स्थानीय आमा समुह,युवा क्लब,स्थानीय व्यापारी र भद्रभलादमीहरुसंग पनि परिचय र भेटघाट हुने अवसर प्राप्त हुनेछ। 

          २०८० साल, माघ महिनाको १२ र १३ गते हुने यो “बुद्ध ज्ञान साइकल यात्रा-२०८०” मा देश तथा विदेशबाट २०० जना साईकिलिष्टहरुलाई निमंत्रणा गरिने भएको छ। दुई दिनको साईकल यात्रामा पहिलो दिन भैरहवाबाट बिहान ६ बजे शुरु गरेर रामग्राम,देवदह तिलोतमा,शुद्धोधन,गैडाहवा,कन्चन र बाणगंगा नगरपालिका हुदै जगदीशपुर ताल ( कपिलवस्तु नगरपालिका ) पुग्नेछ। पहिलो दिनको यात्रा करिब १२० किलोमिटरको हुनेछ। त्यसैले दिनभरी कुदाउन सक्ने राईडरहरु  (Hard Cycle riders) मात्र सहभागी हुने सम्भावना देखिएको छ। 

       अर्को दिन माघ १३ गते बिहान ६ बजे कपिवस्तु नगरपालिका देखि यात्रा शुरु गरेर शुद्धोधन दरबार( तिलौराकोट),गोटीहवा,कुदान र कपिलवस्तु नगर परिक्रम गरेर लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरिनेछ। लुम्बिनी संस्कृति नगरपालिकाको परिक्रमा पश्च्यात सिद्धार्थनगर पालिकामा प्रवेश गरिनेछ। सिद्धार्थनगर पालिकामा रहेको लुम्बिनीगेटबाट सबै साईकल यात्रीहरु हिडेर बाजागाजा सहित नगर परिक्रमा गरेर औपचारिक कार्यक्रममा सहभागी हुनेछन। केहीबेरको औपचारिक कार्यक्रम पछि सबै साईकिलिष्टहरुको दुई दिनको थकान दुर गर्न मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने छन्। साईकिलिष्टहरुले दोश्रो दिन करिब ८० किलोमिटरको दुरी पार गर्ने छन। यसरी दुइ दिनको बुद्ध ज्ञान साईकल यात्रा-२०८० को समापन हुनेछ। 

         जसको लागी साईकल सिटी भैरहवाले बुद्ध ज्ञान साईकल यात्रा-२०८० को तिब्ररुपले आफ्नो तैयारी गर्दैछ। आफ्नो सदस्यहरुको बृहत भेला २१ गते मंसिरमा सम्पन्न गरि सकेको छ। त्यहि भेलामा साईकल यात्रा सफलताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेर कामको बाडफाडको जिम्मेवारी दि सकेको छ। 

          देश तथा विदेशका साईकिलिष्टहरु सहभागी हुनका लागी अनलाईन मार्फत पौष १ गतेबाट आवेदन खुला गरिने छ। सहभागीहरुलाई प्रति साईकिलिष्ट रु. २५००/- ( दुई हजार पाँच सय रुपिया ) शुल्क राखिएको बुद्ध ज्ञान साईकल यात्रा – २०८० आयोजक टिमले जानकारी दिएका छन्। सहभागीलाई उपलब्ध गराउने सुविधाहरुको विवरण आवेदनमा राखिने छ। त्यस समय रुपन्देहीमा आएर बसेका आन्तरिक तथा बाहिर्य पर्यटकहरुले कार्यक्रममा सहभागी हुन् इच्छुक भए आयोजकले पर्यटकलाई यात्राका लागी साईकल उपलब्ध गराउने भएका छन्। तर अतिरिक्त शुल्क लाग्ने छ। 

         “बुद्ध ज्ञान साईकल यात्रा” (Buddha Enlightenment Bicycle Tour-2024 ) पर्यटन क्षेत्रका लागी एउटा पेकेज र स्थानीय सरकार र जनताका लागी उत्सव हुनेछ। यो ईभेन्टबाट जसले जसरी पनि फाइदा लिन सक्दछ। सहभागीहरुले बुद्ध बारे अझै नजिकबाट बुझ्ने र जान्ने अवसर प्राप्त गरे संगै आफ्नो स्वास्थ्य र पर्यावरणमा योगदान दिनेछन भने,स्थानीय सरकारले आफ्नो क्षेत्रको पहिचान र विकास बारे संसारलाई देखाउन सक्ने छन्। लुम्बिनी विकास कोषले पनि बुद्ध ज्ञान साईकल यात्रा मार्फत धेरै लाभ उठाउन सक्दछ। 

       त्यससंगै बुद्ध ज्ञान साईकल यात्राले प्रयोग गर्ने रुटमा पर्ने गाउँ पालिका र नगरपालिकामा हरेक वर्ष सयौको संख्यामा स्वदेशी तथा विदेशी साईकल पर्यटक भित्रिने छ। जसको प्रत्यक्ष लाभ ति पलिकाहरुले विभिन्नरुपमा उठाउन सक्दछ। 

      सिद्धार्थनगर नगरपालिकाले गौतम बुद्धको जन्मस्थल जाने मुख्य प्रवेशद्वार मात्र भन्दै आई रहेको छ,तर जन्मस्थल मात्र होइन अहिलेसम्म एकमात्र अस्तुधातु रहेको स्थान रामग्राम स्तुपा जाने,बुद्धको मावली घर पुग्ने र उनि बचपनमा हुर्किएको आफ्नो घर तिलौराकोट दरबार जाने पनि मुख्य द्वार भएको हेक्का सबैलाई हुनु पर्दछ। किनकी नेपाल प्रवेश गर्ने मुख्य नाका बेलहिया सिद्धार्थनगर पालिका वार्ड नम्बर एकमा पर्दछ। जहाँबाट अन्य मुलुकबाट आउने पर्यटक नेपाल प्रवेश गर्दछन। 

         नेपालमा हामीले लाखौको संख्यामा विभिन्न प्रकारका विदेशी पर्यटक मात्र भित्राउन सके,देशले केही वर्ष मै आर्थिक रुपले पड्को मार्न सक्दछ। अहिले लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार हरु पनि लगभग निर्माण भै सकेको अवस्था छ। अब प्रदेश र स्थानीय सरकारले केही वर्ष मात्र पर्यटन प्रबर्धनमा ध्यान दिनु जरुरी देखिन्छ। लुम्बिनी प्रदेशमा रहेका नगर पालिका र गाउँ पालिका पर्यटकहरुका लागी धेरै प्रकार गन्तब्य हरु पहिचान भैसकेको छ। अब प्रचार प्रसार र सुरुक्षामा विशेष ध्यान दिई काम गरेमा लुम्बिनी प्रदेशले आर्थिक,सामाजिक र राजनैतिक रुपमा नमुना प्रदेश बन्न सक्दछ। 

         त्यसैले साईकल सिटी भैरहवाले “स्वास्थ्य,पर्यावरण र पर्यटन” भन्ने मूल नारा सहित  आफ्नो स्थापना वर्ष देखि नै “भैरहवा” ( सिद्धार्थनगर ) लाई देशको पहिलो साईकल शहर बनाउने सपना लिएर निरन्तर अघि बढी रहेको छ। साथै देशका विभिन्न पर्यटन गन्तव्यको हरेक वर्ष प्रचार-प्रसार साईकलको माध्यमबाट गरि रहेको छ। पहिलो वर्ष अर्घाखाँचीको सुपादेउराली मन्दिर,दोश्रो वर्ष पाल्पाको रानीमहल,तेश्रो वर्ष तनहुँ को मानुहुँकोट डाँडा र चौथो वर्ष २०८० सालमा “नेपालको होमस्टे हाम्रो संस्कार र परम्परा” भन्ने नाराका साथ बझाकोट(वालिङ्ग ) र सिरुबारी (स्याङ्गजा ) मा संचालनमा रहेको सामुदायिक होमस्टेको भ्रमण गरि प्रचार प्रसार गरिएको छ। 

       बुद्ध ज्ञान साईकल यात्रा करिब २०० किलोमिटर रहेको छ। यो यात्रा भविष्यमा तिन दिनको हुनेछ। तिन दिनमा ध्यान (meditation ),प्रवचन (discourse ),स्थान जानकारी ( Location information ) साथै पर्यटन गन्तब्य घुम्ने ( tourist destination )  र विविध कार्यक्रम समावेश हुनेछन। सबैको लागी बुद्ध ज्ञान साईकल यात्रा एउटा रोचक,ज्ञानवर्धक,रमाईलो र अविस्मरणीय हुनेछ। 

      यो यात्रा बुद्धसंग सम्बन्धित स्थानहरुको परिचय मात्र नभएर स्थानीय समुदाय र सरकारसंग भेट हुने अवसर पनि हो। ग्रामिण र शहरी क्षेत्रको कसरी विकास भएको छ त्यो बुझ्ने र जान्ने मौका पनि हो। अनि ति क्षेत्रका आम नागरिकको जनजीवन र कृषकहरुले गरेको उत्पादन नजिकबाट निहाल्ने,हेर्ने र छुने समय प्रदान गर्दछ।    

      यो साईकल यात्रा साईकल सिटी भैरहवाको मात्र नभएर सबैको लागी हो। यो यात्राले सबैको विकास,पहिचान,पहुँच र शान्ति कायम गर्न लाई ठुलो भूमिका निर्वाह गर्ने छ। पर्यटन क्षेत्र र बुद्ध धर्ममा आस्था राख्नेहरुका लागी कोसे ढुङ्गा साबित हुनेछ। त्यसैले यो कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको साथै हातेमालो गर्नु पर्दछ। 

        बुद्ध ज्ञान साईकल यात्रा -२०८० ( Buddha Enlightenment Bicycle Tour-2024 ) लाई सफल बनाउन सहयोग,सुझाव,सल्लाह दिन चाहनु हुने महानुभावहरुले यो ईमेलमा जानकारी दिन सक्नु हुनेछ। 

       email – cyclecitybhairahawa@gmail.com

  बुद्ध ज्ञान साईकल यात्राको क्रममा भ्रमण गरिने मुख्य स्थानहरुको विवरण :- 

रामग्राम स्तूप ( नवलपरासी )  –  बौद्ध ग्रन्थहरूका अनुसार बुद्धको महापरिनिर्वाण पछि, उहाँको दाहसंस्कार गरिएको अवशेषहरू सोह्र महाजनपदहरूमध्ये आठका राजकुमारहरूलाई बाँडिएको थियो। प्रत्येक राजकुमारले आफ्नो राजधानी सहरमा वा नजिकै एउटा स्तूप निर्माण गरे, जसको भित्र खरानीको सम्बन्धित भाग राखिएको थियो। लगभग 300 वर्ष पछि, सम्राट अशोकले यी मध्ये सात स्तूपहरू खोले र बुद्ध अवशेषहरू हटाए (उनको लक्ष्य अवशेषहरूलाई 84,000 स्तूपहरूमा पुन: वितरण गर्ने थियो जुन उनले मौर्य साम्राज्यमा निर्माण गर्ने योजना बनाएका थिए)। पौराणिक कथा के अनुसार, सर्प राजाले रामग्राम स्तूपको रक्षा गरिरहेका थिए, र अशोकलाई अवशेष खोल्नबाट रोके, यसलाई आठ अव्यवस्थित स्तूपहरू मध्ये एक बनायो। आजको दिनसम्म, रामग्राम स्तूप मात्र बुद्धका अवशेषहरू भएको अक्षुण्ण र मौलिक स्तूप रहेको छ। स्तूप यसको मूल निर्माणदेखि नै ठूलो श्रद्धा र तीर्थस्थल भएको छ। 7 मिटर अग्लो (23 फीट) स्तूप अब माटोको ढिस्को मुनि गाडिएको छ र थप अनुसन्धानको लागि पर्खिरहेको छ। स्तूप परिसरको आयामहरू 10 मिटर अग्लो र 23.5 मिटर व्यास छन्।

देवदह,भवानीपुर – देवदह नेपालको अहिले रुपन्देही जिल्लामा पर्ने कोलियाको बस्ती थियो। बुद्ध आफ्नो भ्रमणको क्रममा त्यहाँ बसे र भिक्षुहरूलाई विभिन्न विषयहरूमा उपदेश दिए। टिप्पणीहरूका अनुसार, [३] यो बुद्धकी आमा (मायादेवी) र पजापति गोटमी र उनीहरूका साथीहरू (कोलियान) को जन्मको सहर थियो, जसले कपिलवत्थुका साकियाहरूसँग विवाह गरेका थिए।

निग्लिहवा – तौलिहवाबाट करिब ७ किलोमिटर उत्तरपूर्वमा अवस्थित निगलिहवालाई कनकमुनि बुद्धको जन्म भएको पवित्र स्थानका रूपमा चिनिन्छ। सम्राट अशोकले २४९ ईसापूर्वमा उक्त स्थलको भ्रमण गरी शिलालेखसहितको ढुङ्गाको स्तम्भ खडा गरेका थिए। स्तम्भमा ब्राह्मी लिपि र पाली भाषामा कुँदिएको अशोकको शिलालेखले सम्राट अशोकले कनकमुनि बुद्धको स्तुपलाई ठूलो बनाएको, त्यसको पूजा गरेको र उनको राज्याभिषेकको बीसौं वर्षको अवसरमा कनकमुनि बुद्धको जन्मस्थललाई चिन्ने ढुङ्गाको स्तम्भ खडा गरेको तथ्यलाई प्रमाणित गर्छ। स्तम्भमा राजा रिपु मल्लले सन् १२३४ (सन् १३१२ अनुसारको शाकयुग) लेखेको “ओम मणि पद्मे हुँ र श्री रिपु मल्ल चिरम् जयतु १२३४” शिलालेख पनि छ। डा. एलोइस फुहररले सन् १८९५ मा यो स्तम्भ पत्ता लगाएका थिए। अहिले दुई टुक्रा भत्किएको अवस्थामा छ । स्तम्भको तल्लो भाग एक आदेशको साथ 10 फिट, 6 इन्च (3. 20 मिटर) मापन गर्दछ। अशोकको स्तम्भको माथिल्लो भागको लम्बाइ १४ फिट ९ इन्च छ जसको माथिल्लो भागमा २ फिट व्यास र तल्लो छेउमा २ फिट ६ इन्च छ। प्रसिद्ध चिनियाँ तीर्थयात्रीहरू, फा-हिएन र ह्युएन-साङले आफ्नो यात्रा विवरणमा कनकमुनि स्तुपा र अशोक स्तम्भको वर्णन गर्छन्। दुर्भाग्यवश, दुबै तहखाने र स्तम्भको राजधानी र सिंहको माथि जसको ह्युएन त्साङले बोलेका थिए अझै हराइरहेका छन्। यहाँ हालै कनकमुनि बुद्धको प्रतिमासहितको सानो ढुङ्गाको मुर्ति स्थापना गरिएको छ ।

सगरहवा – कपिलवस्तु जिल्लाको प्राचीन स्थल। यो तिलौराकोटबाट करिब ६ माइल उत्तरमा अवस्थित छ। लम्बुसागर भन्ने ठूलो ताल छ र यस गाउँको नाम सगरहवा हो। कपिलवस्तु गौतम बुद्धको समयमा गणतन्त्रको महत्वपूर्ण स्थल हो। कोशल राजा विदुदवले कपिलवस्तुमा आक्रमण गरी यहाँका नगरवासीहरूलाई मारेका थिए। पचास हजार शाक्य मारिएको उल्लेख छ । कपिलवस्तु नजिकै शाक्य बधशाला रहेको तथ्यका आधारमा स्थलको खोजी गरिएको हो । यस स्थानमा धेरै पुरातात्विक अवशेषहरू फेला परेका छन्। यो पहिले डा. फुहारेर र पछि पीसी मुखर्जीले पत्ता लगाएका थिए। यो ताल जैविक विविधताका लागि पनि उल्लेखनीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले यसलाई ध्यानमा राखी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रशस्त सम्भावना छन् ।

तिलौराकोट – राजकुमार सिद्धार्थको गृहनगर। प्राचीन शाक्य राज्यको राजधानी। प्राचीन कपिलवस्तु वा हालको नेपालको कपिलवस्तु जिल्ला लुम्बिनीबाट २९ किलोमिटर पश्चिममा शिवालिक पर्वतमालामा अवस्थित छ। यहाँ तपस्या गर्ने महान् ऋषि कपिलाबाट यस राज्यको नाम प्राप्त भएको मानिन्छ र कोसल राज्यका निर्वासित राजकुमार र राजकुमारीहरूलाई हालको तिलौराकोटमा बसोबास गर्न सुझाव दिएका थिए। पछि, कोसल राज्यका यी शाही सन्तानहरूलाई शाक्य र तिनीहरूको राज्य कपिलवस्तु भनेर चिनिन थाल्यो। राजकुमार सिद्धार्थले आफ्नो सांसारिक जीवनको प्रारम्भिक २९ वर्ष यहाँ प्राचीन कपिलवस्तुमा राजकुमारको रूपमा बिताएका थिए।

कुदान – तौलिहवाबाट करिब ३ किलोमिटर दक्षिणमा अवस्थित निग्रोधरमाको प्राचीन र ऐतिहासिक स्थल हो, जसलाई हाल कुदान वा लोरी-की कुडान भनिन्छ। भगवान शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक यहाँ राजा शुद्धोधनलाई भेटेका थिए। केही विद्वानहरूले कुडानलाई क्रकुछन्द बुद्धको जन्मजात सहरको रूपमा पनि चिन्ने गरेका छन्। प्रारम्भिक चिनियाँ यात्रुहरू फा-सिएन (इ.स. 5 औं शताब्दी) र ह्युएन त्साङ (7 औं शताब्दी ईस्वी) ले आफ्ना यात्रा विवरणहरूमा भगवान शाक्यमुनि बुद्धको निग्रहधारामा राजा शुद्धोधनले गरेको स्वागत सहित धेरै घटनाहरू वर्णन गर्छन्। दक्षिणपूर्वी कुनामा अवस्थित र राहुलस्तुप पनि भनिन्छ, यो घटना र स्थानको सम्झनामा निर्माण गरिएको मानिन्छ जहाँ बुद्धका छोरा राहुललाई मठमा नवशिक्या (श्रमनेर) को रूपमा स्वीकार गरिएको थियो। स्तुपामा हिन्दूहरूले पछि बनाएको शीर्षमा अष्टभुज शिव मन्दिर पनि छ।

गोटिहवा  – अशोक स्तम्भ सम्राट अशोकले 249 ईसा पूर्वमा क्रकुछन्द बुद्धको जन्मस्थलको भ्रमणको सम्झनामा खडा गरेका थिए। मूल चिनाई बेसमेन्ट फाउन्डेसनमा अवस्थित, अवस्थित स्तम्भ 3. 25 मिटर अग्लो र 83/79 सेन्टिमिटरको व्यास छ। स्तम्भको माथिल्लो भागको शिलालेख धेरै अघि भत्किएको र अझै हराइरहेको छ। प्रख्यात चिनियाँ यात्रुहरू फा-सिएन (३९९-४१३ ईस्वी) र ह्युएन त्साङ (६३६ ईस्वी) ले क्रकुछन्द बुद्धको जन्मस्थल चिनाउन सम्राट अशोकले गोटिहवामा सिंहको राजधानी बोकेको स्तम्भको निर्माण गरेको उल्लेख गरेका छन्।

लुम्बिनी – भगवान बुद्धको जन्म 623 ईसा पूर्वमा दक्षिणी नेपालको तराई मैदानमा अवस्थित लुम्बिनीको पवित्र क्षेत्रमा भएको थियो, जुन 249 ईसा पूर्वमा मौर्य सम्राट अशोकले खडा गरेको स्तम्भमा रहेको शिलालेखबाट प्रमाणित हुन्छ। लुम्बिनी विश्वको एक महान धर्मको पवित्र स्थानहरू मध्ये एक हो, र यसको अवशेषहरूले ईसापूर्व तेस्रो शताब्दीदेखि नै बौद्ध तीर्थस्थलहरूको प्रकृतिको बारेमा महत्त्वपूर्ण प्रमाणहरू समावेश गर्दछ। पुरातात्विक संरक्षण क्षेत्र भित्रका संरचनाहरूको जटिलमा शाक्य ट्याङ्की समावेश छ; माया देवी मन्दिर भित्रका अवशेषहरू ईसापूर्व तेस्रो शताब्दीदेखि हालको शताब्दीसम्मको क्रस-भित्ता प्रणालीमा इट्टा संरचनाहरू र ब्राह्मी लिपिमा पाली शिलालेख भएको बलौटे ढुङ्गा अशोक स्तम्भहरू समावेश छन्। थप रूपमा त्यहाँ ईसापूर्व तेस्रो शताब्दीदेखि 5 औं शताब्दीसम्मका बौद्ध विहारहरू (मठहरू) को उत्खनन गरिएका अवशेषहरू र ईसापूर्व तेस्रो शताब्दीदेखि 15 औं शताब्दीसम्मका बौद्ध स्तूपहरू (स्मारक तीर्थहरू) को अवशेषहरू छन्। यस स्थललाई अब बौद्ध तीर्थस्थलको रूपमा विकास गरिएको छ, जहाँ भगवान बुद्धको जन्मसँग सम्बन्धित पुरातात्विक अवशेषहरू केन्द्रीय विशेषता हुन्।

जगदीशपुर ताल – नेपालको एउटा जलाशय हो जसको नाम एरको नामबाट राखिएको हो। जगदीश झा बाणगंगा बाँधको डिजाइन र सुपरिवेक्षण गरेका थिए । 225 हेक्टेयर (2.25 किमी2) को सतह क्षेत्रको साथ, यो देशको सबैभन्दा ठूलो जलाशय र एक महत्त्वपूर्ण सिमसार स्थल हो। यो १९७ मिटर (६४६ फीट) को उचाइमा अवस्थित छ। पानीको अधिकतम गहिराई सुख्खा मौसममा २ मिटर (६.६ फिट) र मनसुन मौसममा ७ मिटर (२३ फिट) बीचमा फरक हुन्छ।रामसार महासन्धिले परिभाषित गरे अनुसार जगदीशपुर जलाशयलाई अन्तर्राष्ट्रिय महत्वको रामसार सिमसारको सूचीमा राखिएको छ।

गैडाहवा ताल – गैडहवा ताल रुपन्देही जिल्लाकै सबैभन्दा ठूलो ताल हो ।साइबेरियन चराहरू सहित विभिन्न प्रजातिका चराहरू वार्षिक रूपमा तालमा आउने गर्दछन्। तालले स्लेन्डर-बिल गिद्ध, ग्रिफन गिद्ध, र हिमालयन ग्रिफन सहित 50 विविध चरा प्रजातिहरूको लागि बासस्थानको रूपमा सेवा गर्दछ, ती सबै क्षेत्र भित्र संरक्षणमा छन्।जैविक विविधता, सिमसार संरक्षण र पर्यटनको सम्भावनाका हिसाबले गैडहवा तालले निकै महत्व राखेको छ ।लुम्बिनीबाट करिब १२ किलोमिटर उत्तरमा रहेको ताललाई विश्व सिमसार क्षेत्रको सूचीमा पनि राखिएको छ ।

भैरहवा,सिद्धार्थनगर – सिद्धार्थनगर पहिले र बोलचालमा अझै पनि भैरहवा भन्ने गरिन्छ। नेपालको राजधानी काठमाडौंबाट २६५ किमी (१६५ माइल) पश्चिममा रहेको नेपालको लुम्बिनी प्रान्तको रुपन्देही जिल्लाको नगरपालिका र प्रशासनिक सदरमुकाम हो। यो लुम्बिनीको सबैभन्दा नजिकको शहर हो। यो सहर उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको भारतीय सहर सोनौलीसँग जोडिएको छ। यद्यपि हालको नाम पहिलो पटक 1977 मा प्रयोग भएको थियो। धेरैले यसलाई भैरहवाको रूपमा बुझाउँछन्। शहरको स्थापना सन् १९६७ मा भैरहवाको रूपमा भएको हो। शहरको हालको नाम सिद्धार्थनगर बुद्धको नाम सिद्धार्थबाट आएको हो, किनकि बुद्धको जन्मस्थल लुम्बिनी नजिक रहेको छ। कवि कोमल दत्त तिवारीले सन् १९७७ मा नाम परिवर्तन गरेर सिद्धार्थनगर राखेका थिए।

spot_img
spot_img