जिन्दगी  …… LIFE …..

जिन्दगी हामीले कसरी बाची रहेका छौ ? 

    जिन्दगी सबैले आ-आफ्नो तरिकाले बाचिरहेका छन्,जिन्दगी बुझ्नका लागी संघर्ष गरि रहेका छन।  कसैले बुझे ,कसैले बुझ्न आफ्नो जिन्दगीको लयमा कुदी रहेका छन्। हो जिन्दगीमा हामीले एउटा गोल निश्चित गर्दा यसरी नै कुदी रहेका पाउछौ आफुलाई। त्यो गोल प्राप्त नहुदा सम्म कुदी रहेकै हुन्छौ। त्यही कुदने र कुदाउने जिन्दगीले गर्दा,संगसंगै हामीले त्यो गोलसम्म पुग्न एउटा लामो लाईन कोरी दिएका हुन्छौ ,त्यो लाईन भन्दा दाँया बाँया नगरी निरन्तर कुदिरहदा जिन्दगीका मिठा पलहरु बाच्न बिर्सेने गर्छौ।

      हो प्राय: हामीले आफुलाई कम विश्वास र अरुलाई बढी सोध्ने गर्छौ। त्यहीक्रममा संसारको सबै भन्दा सस्तो र सजिलो प्राप्त हुने “सल्लाह” सबैले नसोची छिटो दिने गर्दछन। किन दिन्छन त सल्लाह भन्दा उनले दिएको सल्लाह उसले आफ्नो जिन्दगीमा लागु गर्ने होइन, त्यसैले अरुको जिन्दगीमा उनको सल्लाहले के असर या फाइदा गर्छ भन्ने उनलाई चिन्ता या पिर हुदैन। त्यसैले सस्तो सल्लाह दि हाल्छन। 

      तर तपाईलॆ उहीं व्यक्तिसंग सहयोग माग्नु भयो भने उ तुरन्तै आनाकानी गर्न शुरु गर्न थाल्छन। किनकी उनलाई थाहा छ नि “सहयोग” भनेको शायद संसारमा सबैभन्दा महँगो वस्तु हुनु पर्दछ। झट्ट कसैले कसैलाई सहयोग गर्न तैयार हुदैनन्। सहयोग गरी हाले पनि त्यो भित्र उसको ठुलो स्वार्थ लुकेको हुन्छ। उसले गरेको सहयोग वापत कुनै दिन उसले असुलउपर गर्छ नै। 

      संसारमा प्राय: मानिसहरुले सल्लाह र सहयोगको दोसाँधमा आफ्नो जिन्दगीलाई एउटा फ्रेम भित्र राखेर बाच्ने चेष्टा गरिरहदा आफ्नो जिन्दागी कठोर भएर बिताउन बाध्य भएका छन्। तर संसार सम्भावना ले भरिएको ठाउँ हो ,यसमा तपाईले सकारात्मक सोचका साथ हिम्मत लिएर अघि बढ्नु भयो भने सबै थोक प्राप्त गर्न सक्नु हुन्छ। 

     अंकगणितको हिसाबले संसारमा बाच्न खोज्नु भयो भने तपाईले अंकगणित कै हिसाबले प्राप्त गर्नु हुन्छ। यहाँ असिमित चिजहरु छन् यदि तपाईले असिमित हिसाबले चाहनु भयो भने असिमित हिसाबले प्राप्त गर्न सक्नु हुन्छ। त्यसैले सिमित घेराभित्र आफुलाई आफ्नो स्वार्थ अनुसार जिन्दगी बाच्नु खोज्नु भयो भने आफुलाई त्यसरी नै सिमित घेराभित्र आफ्नो अमुल्य जिन्दगीका पलहरु बितेको पाउनु हुन्छ। 

      त्यसरी जिन्दगीलाई बिताउन खोज्दा तपाई डर र चिन्तामा बाच्नु पर्ने हुन्छ। तपाईभित्र डर र चिन्ता सधै पैदा हुन्छ ,किनकी तपाईले आफुलाई प्रतिस्पर्धा समाजभित्र देख्नु हुन्छ र आफुलाई अरुसंग दाजेर हेर्न शुरु गर्नु हुन्छ। तर त्यो भने  तपाईको भ्रम हो। यहाँ प्रकृतिले सबैलाई समान अवसर दिएको छ। ति अवसरलाई तपाईले आफ्नो जिन्दगीमा कसरी प्रयोग गर्नु हुन्छ ,त्यो तपाईमा नै भर पर्छ। 

    यहाँ कसैले कसैसंग दाजो गर्न आवस्यक नै छैन किनकी प्रकृतिले सबैलाई आ-आफ्नो प्रकारको जिन्दगी दिएको छ। साथै त्यसको महत्व पनि ! हो तर एउटा कुरा प्रकृतिले सबैलाई दिएको छ त्यो सम्बन्ध। कुनै नै कुनै प्रकारले संसारमा रहेका जीव र निर्जीव वस्तुहरुसँग सम्बन्ध रहेको हुन्छ। त्यही सम्बन्ध जसले समयमा बुझेर सम्बन्ध अनुसारको व्यवहार गर्न सक्छ ,उसैको जिन्दगी सफल,खुशी र रमाइलो साथ बिताउन सक्दछ। 

    आज संसारमा मानिसहरुले सम्बन्ध बुझेर पनि नबुझे झैँ गर्दा दिनहुँ समस्या बेहोर्नु परिरहेको छ। चाहे त्यो सम्बन्ध नाताको होस्,चाहे भाईचाराको होस्,चाहे देश देशको होस्,चाहे धर्म धर्मको होस्,चाहे जातजातीको होस्,चाहे व्यापारको होस्,चाहे मानिस र जन्तुको होस्,चाहे मानिस र प्रकृतिको हो। यही सम्बन्धको सम्मान एकआपसमा गर्न नसक्दा नै आज कलह,विनास,द्वन्द,विपत्ति संसारमा पटक पटक आई लागेको छन। 

    त्यसैले जिन्दगी प्राय: मानिसले आफ्नो स्वार्थ फुर्ती अनुसार बाच्न खोज्दछ,जसको कारण मानिस आफै पनि चैनले बाच्न सकेको छैन र प्रकृतिलाई पनि बाच्न दिएको छैन। जसले गर्दा जिन्दगी ,सबैको जिन्दगी हेर्दा प्रगति र उन्नति रुपी देखिए पनि ,संसारको सृष्टिकर्ताले रचे अनुसारको रमाइलो,शान्त र खुशी जिन्दगी  सबैले बाच्न पाएका छैनन्। 

      यसो भनिरहदा अब उपाय नै छैन भन्नु पनि होइन,आजको दिन देखि नै हामी खास गरेर मानिसहरुले जन्तु र प्रकृतिसंगको सम्बन्ध सुधार गरे एउटा राम्रो संसारमा फेरी खुशी,र रमाइलो संग जिन्दगी बिताउन सकिन्छ। तर त्यो भन्दा पहिला मानिसले मानिससंगको सम्बन्ध सबैले बुझ्न अति जरुरी रहन्छ। अनि मात्र मानिसले जीव र निर्जीव सहित प्रकृतिलाई माया गर्न सक्दछ। 

    हुनत मानिसको जिन्दगी  “A,B,C,D” को अर्थ अनुसार चलेको छ। B-BIRTH  र  D- DEATH  को बिचमा ‘C” छ  र  “C” भनेको “CHALLENGE” चुनौती हो। जन्म र मृत्यु को बिचमा मानिसको जिन्दगीमा चुनौतिहरु धेरै हुन्छन। तर मानिसले ति चुनौतिहरु लाई कसरी सामना गर्दा  B,C,D भन्दा अगाडी आउने शब्द “A” मा भर पर्दछ “A” भनेको  “ATTITUDE” मनोवृति। 

   मानिसको यही मनोवृति भनु उनको मानसिकता,क्रियाशिलता,चितवृति या सहभावले नै सबैसंगको सम्बन्ध विस्तार गर्ने गर्दछ। हुनत मानिसको स्वार्थी मन हो,उसले सबैकुरालाई बिर्सेर आफ्नो गुनगान गाउने प्रवृति नै हुन्छ। जसले गर्दा संसारलाई परापुर्वकाल देखि नै द्वन्दमा अल्झाई राखेको नै मानिसले हो। अब झन् झन् मानिसको दिमागले नयाँ नयाँ आविष्कार गर्न लागेपछि सम्बन्ध सुधार तिर उन्मुख होइन कि झन् झन् द्वन्द्तिर उन्मुख गराई रहेको छ। 

    त्यसैले मानिसहरु विभिन्न गुट उपगुटमा बाडिन लागेका छन्। संसारमा जन्म लिए पछि निश्चित समय सम्म संसारमा जिन्दगी भोग गर्न पठाएको मानिस,झन् भोग गर्न छाडेर रोग निम्त्याउन रातदिन लागि परेको छ। अब मानिस पृथ्वी छाडेर मंगल ग्रहमा बसाई सराई गर्न तम्तयार भई सकेका छन्। 

     किन मंगल ग्रहमा बसाई सराई गर्ने भन्दा अब कुनै पनि बेला पृथ्वी ध्वस्त हुने खतरा बढेको गएको छ गरे विज्ञानले पुष्टि गर्दैछ। त्यसैले मंगल ग्रहमा मानिस सर्ने तयारीमा पुगेका छन्। बरु पृथ्वीलाई कसरी बचाउने भन्ने तर्फ बढी ध्यान दिनु पर्ने मा पृथ्वी नै छाड्ने तिर उन्मुख भई रहेका छन्। त्यसो भए अब के गर्ने त ? भन्ने सवाल सबैको मनमा प्रश्न उठ्नु पर्ने हो,तर झन् मानिसहरु पृथ्वीको रक्षाको कुरा भन्दा आफु,आफ्नो भाषा,आफ्नो धर्म,आफ्नो संस्कृति र आफ्नो स्वार्थ भन्दा माथि उठेर विचार गर्ने तहमा पुग्ने सकेको छैन।

    सबैथोक भएको पृथ्वी र पृथ्वीमा बाचेका सबै जीव निर्जीवलाई एकजुट भएर बचाउने एउटा प्रयास किन नगर्ने ? जसले जहाँ जति सकिन्छ सबै भन्दा पहिला सम्बन्ध सुधार गरौ,अनि  सम्बन्धले नै सबैको विकास र जिन्दगी जिउने शक्तिलाई उर्जामा परिवर्तन गर्न सक्दछ। 

    एकपटक एकान्तमा बसेर संसारको सृष्टि र आफुलाई बुझ्ने प्रयास गर्ने हो भने सम्बन्ध भन्दा राम्रो विकल्प आफ्नो जिन्दगी र संसारलाई खुशी पार्ने उपाय अरु केही छैन। तर पनि मानिस २४ घन्टामा आफ्नो लागी सोच्न एक मिनट दिन सक्दैनन्। कारण हो आफुलाई संसारमा प्रतिस्प्रधिको रुपमा खडा गर्नु नै हो। त्यसैले   ATTITUDE/ ATTITUDE/ ATTUTUDE लाई जिन्दगीको मुलमन्त्र सम्झेर बुझ्ने एक प्रयास गरौ। 

spot_img
spot_img