पुस्तकसंग मेरो २०७९ साल ……

पुस्तक भन्ने बित्तिकै पढ्ने पढाउने,पाठ गर्ने गराउने आदि उदेश्यले तर्क,विचार,भावना,कल्पना,ज्ञान विज्ञान आदिका कुरा लेखिएको वा छापिएको, सामान्यतया धेरै पृष्ठहरू सँगै बाँधिएको र आवरणद्वारा सुरक्षित गरिएको अथवा काल्पनिक वा गैरकथाको हस्तलिखित वा मुद्रित कार्य हो। सामान्यतया कागजको पानाहरूमा बाँधिएको वा कभरहरूमा सँगै बाँधिएकोलाई पुस्तक बुझिन्छ। 

         संसारमा मानिसहरु विभिन्न कुराहरुको प्राप्ति र ज्ञानका लागि पुस्तकहरु पढ्ने गर्दछन। तर खास गरेर जसरी हामीले आफ्नो शरीरलाई स्वास्थ्य राख्न व्यायाम गर्छौ। त्यसरी नै मस्तिष्कलाई चुस्त राख्न पुस्तक पढ्ने  गरिन्छ। पुस्तक मानिसहरुले आफ्नो रुचि अनुसार पढ्ने गर्दछन। कसैले  कथा  (fiction)  रुचाउछन भने कसैले गैर काल्पनिक (None Fiction) प्रकारका पुस्तकहरु पढ्ने गरेको देखिन्छ। 

       पुस्तकबाट धेरै प्रकारको ज्ञान सजिलै प्राप्त गर्न सकिन्छ। लेखकले आफ्नो वर्षौको अनुभव,अध्धयन र मेहनत लगाएर लेखिएको पुस्तक हामीले केही घण्टा र सिमित मुल्यमा पढ्न सक्छौ। संसारका सबै महान सफल व्यक्तिहरुले धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेका छन् । त्यसैले संसारका सफल मानिसहरुको एउटा बानी सबैसंग मिल्ने गर्दछ ,त्यो बानी भनेको पुस्तक पढ्ने। वारेन बफेटले सानै उमेर देखि नै आर्थिक विषयका पुस्तकहरु बढो रुचिका साथ पढ्ने गरेका थिए। आज पनि उनि ९३ वर्ष उमेरमा पनि दिनमा ५०० पन्ना पुस्तक पढ्छन। उनि युवाहरुलाई सफलताका लागी धेरै पुस्तक पढ्नु पर्ने टिप्स दिने गर्दछन। त्यसैले उनि भन्ने गर्दछन -“धेरै पढ्नु नै धेरै कमाउनु हो। “

         एलन मस्क ,विश्वको एक नम्बरमा रहेका धनि व्यक्ति,उनले युवा अवस्थामा दैनिक १० घण्टा पुस्तक पढ्ने गर्थे। आज पनि उनको ५ वटा सफल कम्पनि र परिवारलाई समय दिएर पनि दैनिक पुस्तक पढ्न छुटाउदैनन।बिल गेट्स आफ्नो छुट्टीमा प्रत्येक दिन तिन घण्टा पुस्तक पढ्ने गर्छन,यो उनको सिकाईको महत्वपूर्ण रणनीति मान्छन। भारतका महान वैज्ञानिक तथा पुर्व राष्ट्रपति डा.एपिजे अब्दुल कलामले भनेका छन् – “दिनको एक घन्टा मात्र किताब पढ्नको लागि दिनुहोस् र तपाईं केही वर्षमा ज्ञान केन्द्र बन्नुहुनेछ।” यिनीहरु त एउटा उदाहरण पात्रहरु मात्र हुन्। सबै महान मानिसहरुको पुस्तकसंगको नाता निक्कै गहिरो र गहकिलो छ। 

     किन पढ्ने त पुस्तक ? पुस्तक पढेर यी फाईदा प्राप्त गर्न सकिन्छ, जस्तै :- अल्जाइमर र डीमेन्सिया विरुद्ध सुरक्षा /तनाव कम गर्छ/ज्ञान बढाउछ/मेमोरी बढाउछ/ध्यान र एकाग्रताको लागी/आत्मविश्वास बढाउन/राम्रोसंग सुत्न र लेखन क्षमता वृद्धि। त्यसैले पढ्ने होइन त पुस्तक ? नयाँ वर्षको शुभ आरम्भसंगै  पुस्तक पढ्ने बानीको शुरुवात किन नगर्ने  ? गरौ ! कुनै पनि आफुले रुचाएको विषयका पुस्तकहरुबाट अध्ययनको शुरुवात गरौ।

         यसरी नै मैले पुस्तक पढ्ने बानीको शुरुवात गरेको थिए। तर पढ्नेको लागी कुनै समयतालिका बन्न सकेन धेरै वर्षसम्म। तर कुनै पनि पुस्तकको केहि न केहि पाना पढ्न भने छुटाउदिन्थे। मैले वर्षमा एक या दुइ पुस्तक मुश्किलले पढेर सिद्धाउथे। नव वर्ष २०७६ सालमा मैले आफैले आफैलाई चुनौती (Challenge) दिए। त्यो के भने एक वर्षमा १२ पुस्तक जसरी पनि पढेर सक्ने। त्यो वर्ष मलाई १२ वटा पुस्तक पढ्ने निक्कै परिश्रम गर्नु पर्यो। हम्मे हम्मे नै पर्यो। तर मैले आफुलाई दिएको चुनौती पुरा गरे। त्यसपछि आज सम्म पुस्तक पढ्ने चुनौती मैले हरेक वर्ष आफुलाई दिदै आएछु र ति चुनौती पुरा गरेको छु। 

        २०७९ सालको बैशाखमा मैले ३६ पुस्तक पढ्ने छु भनेर प्रण गरे। त्यो सिमा मैले २०७९ साल,चैत्र २२ गते नै पुरा गरे। पुस्तक पढ्ने इच्छा आफु भित्र सधै जगाई राखे,आफुले आफैलाई दिएको चुनौतीको सामना सजिलै गर्न सकिन्छ। त्यसैले मानिस सफल हुन् अरुलाई चेलेंज गर्ने होइन,आफैले आफैलाई चेलेंज दिनु पर्दछ। पुस्तकले धेरै नभए पनि मैले आफुभित्र धैर्यता,सहनशील,मौनता,जिज्ञासु,शान्तपन,खुशी,कल्पना गर्ने शक्ति केहीहद सम्म विकास भएको महसुस गरि रहेको छु। हुन् त खास भन्ने हो भने मैले मेरो आफ्नो जिन्दगीको लक्ष्य प्राप्तिका लागी नै पुस्तक एउटा माध्यम बनाएको छु। मेरो ठुलो लक्ष्यमा पुग्न म सफल अवश्य हुन्छु भन्ने दिनप्रति दिन मनभित्र आँट जागेर आई रहन्छ,र त्यो लक्ष्य तिर अग्रसर निरन्तर भई रहेको  महसुस हुन्छ।  

       वर्षभरी पढेका पुस्तकहरुबाट कति ज्ञान प्राप्त गरे गरेन,त्यो त अझ पछिको समयले अवश्य बताउने नै छ। तर पनि पुस्तक पढ्ने मेरो एउटा दिनचर्या नै बनि सकेको छ। मैले महिनामा ३ वटा पुस्तक र दिनमा कम्तिमा पनि ३ देखि ४ घण्टा पुस्तक र पत्रपत्रिकाहरुमा समय खर्चिने प्रयास गरेको छु। यो समय र पुस्तक पढ्ने लक्ष्य अझै बढ्दै लैजाने लक्ष्य लिएको छु। कहिले काही पढी रहदा यस्तो लाग्छ एउटा लेखकले आफ्नो पुस्तक लेख्नलाई कति समय र मेहनत खर्च गर्यो होला ? त्यसको उत्तर अहिले सम्म यति नै होला भन्ने ठम्माउन सकेको छैन मैले। हुन् त जसले निरन्तर अध्ययन र अनुसन्धान गर्दछ,या जिन्दगीको भोगाई र  अनुभवलाई पुस्तक रुपमा प्रस्तुत गरेको पाइन्छ। 

       मनमा भने हर समय खुल्दुली भैरहदा पुस्तक पढ्ने क्रममा “सोच्नु होस र धनी बन्नु होस्” (Think and Grow Rich- Nepolian Hill) पुस्तक लेख्न लेखक नेपोलियन हिलले आफ्नो पुस्तकको अनुशन्धान गरेर तैयार पार्दा २० वर्ष खर्च गरेका रहेछन। जुन पुस्तकलाई मैले मात्र तिन दिनमा पढेर सके। त्यो पुस्तक विश्वको अधिक चर्चित पुस्तक मध्येमा पर्छ। आत्मा सहायता विधामा लेखिएको यो पुस्तक सन् १९३७ मा पहिलो पटक प्रकाशित भएको थियो। अहिले सम्म ७० मिलियन थान पुस्तक बिक्रि भै सकेको रहेछ। विश्वका विभिन्न देशको भाषामा यो पुस्तक प्रकाशित भएको छ। यो पुस्तक सबैले एक पटक होइन पटक पटक पढ्नु जरुरी ठान्दछु। यो पुस्तक तैयार गर्दा नेपोलियन हिलले ५०० जना सफल व्यक्तिहरुको अध्ययन गरेका थिए गरे। 

           यो पुस्तक “सोच्नुहोस् र धनी हुनुहोस्” मा नेपोलियनले तिनीहरूलाई मास्टर गर्न १३ सिद्धान्तहरूमा विभाजन गर्नुभएको छ:- इच्छा, विश्वास, स्वत: सुझाव, विशेष ज्ञान, कल्पना, संगठित योजना, निर्णय, दृढता, मास्टर दिमागको शक्ति, यौन संक्रमणको रहस्य, अवचेतन दिमाग, मस्तिष्क र छैटौं इन्द्रिय। सोच्नुहोस् र धनी हुनुहोस्” (Think and Grow Rich) को तेह्र सिद्धान्तको मूल भनेको विचारहरू हुन्। यसबाहेक, एक निश्चित तरिकामा सोच्नाले तपाईंलाई चुम्बकीय बनाउन र तपाईंको जीवनमा आफूले चाहेको कुनै पनि कुरालाई आकर्षित गर्ने शक्ति दिन्छ। माथिका तेह्र सिद्धान्तहरू लागू गरेर, तपाईंले आफूले चाहेको लगभग कुनै पनि कुरालाई आकर्षित गर्न सक्नुहुन्छ। पुस्तकबाट अझ धेरै कुराहरुको ज्ञान प्राप्त सकिन्छ। 

       हुन् त यो वर्ष मैले पढेका पुस्तकहरु सबै नै अति चाख लाग्दा र ज्ञानवर्धक थिए। कोभिद-१९ को महामारीले विश्व धेरै दिनसम्म स्थिर अवस्थामा रोकिएको थियो। जसका कारण आर्थिक र सामाजिक समस्या अहिलेसम्म कुनै न कुनै रुपमा संसारका सबै प्राणीहरुले झेल्न परि रहेको छ। त्यसैको प्रभाव नेपालमा आजको दिनसम्म आर्थिकमंदी र सामाजिक विचलनको असर सबै नेपालीहरुले सामना गरि रहेका छन्। यसको प्रभाव मेरो पुस्तक रोजाईमा पनि पर्यो। यस वर्ष मैले धेरै आर्थिक र आत्म प्रेरणा सम्बन्धि पुस्तकहरु पढे।  

    यस वर्ष मेरो रोजाई र अध्ययनमा परेका पुस्तकहरु :-

१. 5 Am Club -(Robin sharma)  २. Atomic Habits – (Jems Clear)

३. Think like a Monk – (Jay shetty ) ४. Mind set – (Dr. Kerol s.)

५. Rich dad Bussines school -(Robert t.)  ६. बेबीलोनको सबै भन्दा धनि मानिस – (जर्ज एस कलारसन )

७. रिच ड्याड बिजनेस स्कुल – (रोबेर्ट टि.) ८. बुद्धको आत्मकथा – (अनुवादक बसन्त महर्जन) 

९. विचार विज्ञान – (योगी सच्चिदानन्द ) १०. व्यवहारिक जीवनमा सफलताको सुत्र – (स्वेट मार्डेन )

११. धनि बन्ने वैज्ञानिक सुत्र – (सुरेश पद्मनायन)  १२. सम्पति कमाउने १०० नियम – (रिचार्ड टेम्पलर )

/१३. जीवन बदल्ने वैज्ञानिक सुत्र – (रवर्ट ग्रिन) / १४. व्यक्तित्व विकासका वैज्ञानिक सुत्र -(हिल,मार्डेन,खेरा,ग्रिन )

१५. ज्याक मा र अलिबाबा ( यान छिछ्न ) १६. एलन मस्क ( अनुवादक अनुपम पोखरेल )

१७. बाराक ओबामा ( अनुवादक विनिता पौड्याल ) १८. धनि बुवाको लगानी मार्ग निर्देशन ( रोबेर्ट टि.)

१९. जीवन र पेशालाई सफल बनाउने सुत्र ( डेल कार्नेगी ) २०. बिल क्लिन्टन ( सम्पादक विनिता पौड्याल )

२१. सफल म्यानेजमेन्टका सुत्र ( सि. एन. पकिन्सन ) २२. साथीहरुको मन जितने तथा मानिसहरुलाई प्रभाव पार्ने कला ( डेल कार्नेगी )

२३. The perable of the pipeline ( Bark Hejes)    2४.Eat that frog (Brain Tracy)

२५. नेलसन मन्डेलाको आत्मकथा ( बालिका थपलिया ) २६. प्रश्न नै उत्तर हो ( एलान पिस )

२७. बिल गेट्सको जीवन कथा ( राजेन्द्र बस्नेत ) २८. कपिक्याट मार्केटिङ्ग १०१ (वर्क हेजेस )

२९. वन मिनट मेनेजर ( केनेथ र स्पेंसर ) ३०. स्टिब जब्स ( वाल्टर ईसाकसन ) 

३१. क्यासफ्लो क्वाड्रेन्टआर्थिक स्वतंत्रताको सुत्र ( रोबेर्ट टि.) ३२. सत्य हरण ( राजु अधिकारी )

३३. विश्व आर्थिक क्रान्ति (कृष्ण पौड्याल ) ३४. अल्बर्ट आइन्स्टाइन ( अच्युत कोइराला )

३५. धन सम्पतिका मनोविज्ञान ( मर्गन हाउजल )३६. सोचो और अमीर हो जाओ (Think and Grow Rich) ( नेपोलियन हिल )

         पुस्तक पढ्ने तरिका सबैको आ-आफ्नै हुन्छ,विशेष गरेर सबै भन्दा पहिला पुस्तक छनौट गर्दा आफ्नो रुचि अनुसारको विषय वस्तु भएको पुस्तक लिनु पर्दछ। पुस्तकको समिक्षा पत्रपत्रिकाहरुमा दिएका हुन्छन या अहिले धेरै सजिलो युटुबले गरिदिएको छ। जसमा पुस्तकका बारेमा समिक्षा गरिएको हुन्छ। तर पनि पढ्ने भनेकै आफ्नो रुचिअनुसारको पुस्तक नै हो। पुस्तक विभिन्न प्रकारका हुन्छन। जस्तै :-

१) कथा (Fiction ) मध्येमा :- साहसिक कथाहरू,क्लासिक्स,अपराध,परी कथा, दन्त्यकथा र लोककथा,काल्पनिक,ऐतिहासिक कथा,डरलाग्दो,हास्य र व्यंग्य,साहित्यिक कथा,रहस्य,कविता,नाटकहरु,रोमान्स,विज्ञान कथा,छोटो कथाहरु,थ्रिलरहरू,युद्ध,महिला कथा,युवा वयस्क

२) गैर-कथा ( None Fiction ) मध्येमा :- आत्मकथा र संस्मरण,जीवनी,निबन्धहरू,गैर-कथा उपन्यास,आत्म-सहायता।

      कसलाई कथा मन पर्छ भने कसैलाई गैर कथाका पुस्तक पढ्न रुचाउछन। तर मैले धेरै गैर कथाका पुस्तकहरु नै पढ्न रुचाउछु। हो कहिले काही कथामा रहस्य,रोमान्स र ऎताहसिक पुस्तक पढ्न मन लाग्छ। मैले कुनै पनि पुस्तक खरिद गर्नु अघि पत्रिकाको समिक्षा,विमोचन समाचार र पुस्तकको नाम पढेर,हेरेर लिने गर्दछु। बिहान शान्त समयमा मैले आधा घण्टा देखि एक घण्टा दैनिक बिहान उठ्ने बित्तिकै पढ्ने एउटा नियम बनाएको छु। त्यसपछि बिहानको साईकिलिङ्ग पछि सके सम्म दिउसो सम्म केहि न केहि पढ्ने गर्दछु। चाहे त्यो खबर पत्रिका होस् या अनलाईन ! अनि राती सुत्नु अघि १५ मिनट फेरी केहि पाना पढ्ने गरेको छु। 

               एउटा अनुशन्धान रिपोर्ट अनुसार पुस्तक पढेर तपाईले १० प्रतिशत सिख्नु हुन्छ भने पढेको कुरा यदि तपाईले अरुलाई सिखाउन सक्नु भयो भने तपाईले ९० प्रतिशत ज्ञान हासिल गर्न सक्नु हुन्छ। तर्सथ एउटा लक्ष्य अनुसार आफ्नो पढ्ने बानीलाई निरन्तर अघि बढाउनु नै सफल मार्गमा अघि बढ्नु हो। हामीले कुनै कुराको अनुभव लिन वर्षौ समय लाग्छ भने त्यहि अनुभव तपाईले एउटा पुस्तक पढेर केही घन्टामा हासिल गर्न सक्नु हुन्छ। अनि किन नपढ्ने त पुस्तक आज देखि ? 

           हो कहिले काही लाग्न सक्छ,आफुलाई समयको अभाव ! तर हामीलाई थाहा छ संसारमा सबै मनुष्यले प्राप्त गरेको समय भनेकै २४ घण्टा हो। त्यही २४ घण्टालाई एकछिन विचार गरेर हेरौ त !हाम्रो अति अमुल्य समय हामीले कसरी र के कुरामा खर्च गरि रहेका छौ ? एक दिनको समयलाई एक्लै बसेर हिसाब गर्नुस त ! दिनभरिको समय कसरी व्यतित गरेका छौ ? नेपाली उखान नै छ नि – “बगेको खोला फर्किदैन,समयले कसैलाई पर्खिदैन। “ त्यसैले किन एकबारको जुनीमा पाएको समयलाई त्यसै खेर फाली रहने,समय दिनप्रति दिन घट्दै जान्छ। यो समयलाई साचेर राख्न सकिन्छ,न बाधेर राख्न सकिन्छ। 

         तसर्थ सबै कुराको अनुभव र अभ्यास गर्न हाम्रो जिन्दगीको समयले पुग्दैन। यहि कारणको अर्थ जब मैले राम्ररी बुझे, त्यो दिनदेखि अरुले वर्षौ लगाएर भोगेका,अनुभव र अभ्यास गरेका कुराहरु विभिन्न पुस्तकबाट कम समयमा ज्ञान प्राप्त गर्न सकिन्छ,अनुभव लिन सकिन्छ। त्यसैले म लगातार पुस्तकहरुको अध्ययन गर्दछु। २०७९ सालभरि मैले पढेका ३६ पुस्तकहरुबाट धेरै ज्ञान,अनुभव र आफुले अहिलेसम्मको गरेका गल्तिको आभास भयो। ३६ पुस्तक भित्रका भएका ज्ञान पढ्दा सरल लागे पनि, ति सरल कुराहरु पनि मैले जिन्दगीमा लागु गर्न नसकेको रहेछु। जस्तै- अल्बर्ट आइन्स्टाइनले भनेका छन्:-“कुनै राजनैतिक पार्टीमा आवद्ध हुनु भनेको आफ्नो स्वतंत्रता गुमाउनु हो।” अहिले नेपालमा पार्टीमा आवद्ध भएका कार्यकर्ताको क्रियाकलाप देख्दा सतप्रतिशत ठिक हो भन्ने लाग्छ। किनकी आफ्ना पार्टीका नेताले जति आर्थिक र नैतिक भ्रष्टाचार गरे पनि हाम्रो नेता,हाम्रो पार्टी भन्न कही चुक्दैनन ति कार्यकर्ताहरु।  

         गुगल गर्दा सबैभन्दा धेरै पुस्तक पढ्ने पहिलो पाँच देश क्रमश: भारत,थाईलेन्ड,चीन,फिलिपिन्स र ईजिप्ट देखाइएको छ। विश्व संस्कृति स्कोर सूचकांक द्वारा संचालित 2016 सर्वेक्षण अनुसार, नेपाल प्रति हप्ता प्रति व्यक्ति पढ्ने औसत समयको आधारमा 81 देशहरू मध्ये 72 औं स्थानमा छ। सर्वेक्षणले औसत नेपालीले हप्तामा १ घण्टा ७ मिनेट मात्र पढ्ने देखाएको छ । यो नोट गर्न महत्त्वपूर्ण छ कि यो सर्वेक्षणले पढ्ने समयलाई मापन गर्दछ, किताबहरू पढेको संख्या होइन, र सर्वेक्षण सञ्चालन भएदेखि डेटा परिवर्तन भएको हुन सक्छ।

        अन्तराष्ट्रिय बेस्टसेलर “एटामिक हैबिट्स” दस लाख भन्दा बढी बिक्री भएको पुस्तक हो,त्यस पुस्तकमा लेखक जेम्स क्लियर लेख्छन – बानी भनेको एउटा व्यवहार हो जुन धेरै पटक दोहोर्याइएको छ भने त्यो स्वचालित हुन्छ। बानी निर्माणको प्रक्रिया प्रयोग र त्रुटीबाट सुरु हुन्छ। जब तपाईं जीवनमा नयाँ परिस्थितिको सामना गर्नुहुन्छ, तपाईंको दिमागले निर्णय लिनुपर्छ। म यसको कसरी प्रतिक्रिया गरु ? पहिलो पटक तपाईंले समस्याको सामना गर्नुभयो, तपाईंले यसलाई कसरी समाधान गर्ने भनेर निर्णय गर्नुहुन्न।बानी निर्माणको प्रक्रियालाई चार सरल चरणहरूमा विभाजन गर्न सकिन्छ: संकेत,आग्रह,प्रतिक्रिया र पुरस्कार। यी चार चरणहरू प्रत्येक बानीको मेरुदण्ड हुन् र तपाईंको दिमागले यी चरणहरूमा सधैं काम गर्दछ।

            त्यसैले एउटा पुस्तक हातले सधैँ उठाई रहनुहोस,र प्रयास गर्नुहोस कि अब म यो पुस्तक पढ्छु। तपाईले यो प्रक्रिया सधै गरि रहनु भयो भने तपाईको बानी व्यवहारमा परिवर्तन हुन्छ र “एटामिक हेबिट्स” पुस्तकमा लेखिएको जस्तो संकेत,आग्रह,प्रतिक्रिया र पुरस्कार चार चरणहरू तपाइको प्रत्येक बानीको मेरुदण्ड हुन् पुग्छ। अनि तपाईंको दिमागले यी चरणहरूमा सधैं काम गर्दछ। एउटा राम्रो पुस्तक अध्ययनकर्ता अवश्य बन्न सकिन्छ। 

           २०८० सालमा अझ बढी पुस्तक पढ्ने प्रण गर्दै फेरी पनि आफैले आफैलाई नयाँ सोचका साथ चुनौती ( Challenge ) दिदै विश्वका सबैभन्दा धनी र ट्वीटरका मालिक एलन मस्कको भनाई राख्दै विदा हुन्छु। 

           ” इन्स्टाग्राम जस्ता सामाजिक संजालका कारण मान्छे देखावटी जिन्दगी बिताउन बाध्य छन्। जिन्दगीमा म खुसी छु भनेर देखाउन मान्छे आफु खुसी हुदाको बेलाको मात्र फोटो हाल्छन। जीवनका खुसीका क्षणमा मान्छे क्यामेराको कोण,राम्रो लाईटिङ् आदि जस्ता कुरामा ध्यान दिदै गरेका हुन्छन। आफूबाहेक अरु सबै खुसी छन् भन्ने भ्रम पनि सामाजिक संजालका कारण बढेको छ मान्छेहरुमा। इन्स्टाग्राममा सबैभन्दा खुसी देखिएको मान्छे वास्तिविक जीवनमा सबैभन्दा दु:खी हुनसक्छ। सधैं चिटिक्क परेर कोही बसेको हुदैन,चाहे जोसुकै होस्।”  

spot_img
spot_img