स्वास्थ्य र सम्पति !

मानिसहरु संसारमा जन्मेको दिन देखि नै आफ्नो अस्तित्वका लागि संघर्ष गर्न शुरु गर्दछ।  उनको संघर्षको समय संगै परिवर्तन हुदै जान्छ।जब मानिस बुझ्ने हुन्छ,तब उसको आवस्यकता अनुसार संघर्ष झन् दरिलो पाराले हुने गर्दछ। जीवनभर संघर्ष नै जीवन हो भन्दै मानिस हरपल,हर दिन उ संघर्षको मैदानमा कहिले एक्लै त कहिले सामुहिक रुपले उत्रन्छ। तर पनि मानिसको संघर्ष अन्तिम घडी सम्म पनि सकिदैन। मानिसको जीवनमा संघर्ष सकिने गरि समाप्त हुदैन। तर मानिसले आफ्नो संघर्षको जीवनलाई व्यवस्थापन भने गर्न सक्दछ। 

            संघर्षहरुमा संघर्ष मानिसले जति गरे पनि आफ्नो स्वास्थ्य र सम्पतिका लागि दिनहुँ र निरन्तर गरी रहन्छन। स्वास्थ्यका लागी उ आफैले गर्न सक्छ, तर सम्पतिका लागी उ सधै अरुसंग सम्पर्क हुनै पर्छ। यो धर्तीमा मानिसले जन्म लिए पछि सबै भन्दा पहिला स्वास्थ्य हुनु अति आवश्यक छ। त्यसको संगसगै सरल जीवन बिताउनका लागि सम्पति हुनु पर्दछ। दुवै महत्वपुर्ण हो मानव जीवनका लागि। स्वास्थ्य र सम्पतिमा चुक हुनु हुदैन। थोरै मात्र पनि चुक गरे,ठुलो हानि व्योहोर्नु पर्ने हुन्छ। मानिसलाई थाहा हुदा हुदै पनि स्वास्थ्य र सम्पतिमा जानाजान हेलचेक्राई गरि रहेका हुन्छन। त्यहि हेलचेक्राईको कारण मानिसको जीवनमा कठिनाई भोग्नु पर्ने हुन्छ। 

               अहिले स्वास्थ्य र सम्पति एकअर्काको परिपुरक मान्ने गर्दछन। परिपुरक हुन् सक्ला तर मानिसको शरीर स्वास्थ्य भए मात्र सम्पति आर्जन गर्न सक्दछ। यदि मानिस स्वास्थ्य नरहे पहिला त सम्पति आर्जन गर्न सकिदैन,अर्को सम्पति जति भए पनि अस्वस्थ्य मानिसका लागि कुनै अर्थ रहदैन। त्यसैले स्वास्थ्य र  सम्पति संगै समय पनि जोडिन आउछ। मानिसले आफु स्वास्थ्य रहन समयमा सबै कुरा गर्नु पर्दछ। साथै समयमा स्वास्थ्य शरीरले सम्पति आर्जन गर्नु पर्दछ। भन्न सजिलो छ तर स्वास्थ्यका लागि मानिसले समय जानी जानी व्यवस्थापन गर्दैनन्। 

                  मानिसले राम्रो स्वास्थ्य र सम्पति सजिलै प्राप्त गर्न सक्दछ। तर मानिसले जहिले पनि स्वास्थ्य र सम्पतिको साथ साथै समयलाई ख्याल नगरी अघि बढी रहेका हुन्छन। मानिसले सबै भन्दा पहिला समयको सम्मान र महत्व बुझ्दैनन,त्यो मानिससँग भएको स्वास्थ्य र सम्पति पनि विस्तारै क्षय हुदै जान्छ। समयको महत्व र प्रयोग या भनु व्यवस्थापन नगर्दा नै  मानिसले आफुसंग भएको सम्पति र राम्रो स्वास्थ्य गुमाई रहेका हुन्छन। तर मानिसलाई स्वास्थ्य र सम्पति आफ्नो काबुबाट बाहिर गईसकेको महसुस हुदैन। उसंग भएको महत्वपुर्ण समय पूर्णरुपले खेर गई सकेको हुन्छ। मानिस न हो,तर पनि उसंग स्वास्थ्य र सम्पति भएको अन्जान घमण्ड हुन्छ। जुन घमण्डले उसलाई भ्रममा राखेको हुन्छ। 

                समयको सम्मान र महत्व जानी बुझिकन नगरी दिदा उसको स्वास्थ्य कम्जोर हुदै जान्छ। जसको कारण उसंग भएको सम्पतीले उनलाई पूर्णरुपले साथ दिन सक्दैन। समय सकिदै जाँदा सम्पति अझै पनि प्राप्त होला,तर स्वास्थ्य आफै कम्जोर हुदै गईरहेको हुन्छ। तसर्थ मानिसले समय,स्वास्थ्य र सम्पतिलाई सके सम्म बराबर संगसंगै लिएर हिड्न सक्नु पर्छ। तिनै कुरालाई व्यवस्थापन गर्न सक्नु पर्छ।  

               हरेक मानिसले व्यवस्थापन गर्न सक्छन। र हरेक मानिस यो धर्तीमा आए पछि खुशी जीवन बिताउन सक्छन। जसले यी काम शुरु देखि नै गर्न प्रयासरत रहन्छन,उसलाई सफलता प्राप्त हुन् सक्छ। फेरी सफलता प्राप्त भयो भन्दै मा समय,स्वास्थ्य र सम्पति संगै हुन्छ भन्नु फेरी मुर्खता हो। शुरुका दिन जस्तै समय हुदा स्वास्थ्य र स्वास्थ्य हुदा सम्पति नहुन सक्छ। 

               मानिसको जीवनमा समय,स्वास्थ्य र सम्पति कति आवश्यक र महत्वपूर्ण छ भन्ने कुरा प्रष्ट छ। त्यसैले मानिसहरुले समय रहदै स्वास्थ्यमा दिनु पर्दछ। अनि स्वास्थ्य राम्रो हुदा सम्पति आर्जन गर्नु पर्दछ। त्यसैले यो पृथ्वी लोकमा मानिसले जन्म लिए पछि संघर्ष बाट प्राप्त हुने समय,स्वास्थ्य र सम्पतिको सम्मान गर्दै असल र खुशी जीवन बिताउनु पर्दछ।  

spot_img
spot_img